नियम ३२
नमूनाको पुन परीक्षण वा विश्लेषण गर्न सकिने

() ऐन बमोजिम सजाय हुने वा क्षतिपूर्ति व्यहोर्नु पर्ने मुद्दासँग सम्बन्धित उपभोग्य वस्तुको नमूना पुन परीक्षण वा विश्लेषण गराउन सम्बन्धित व्यक्तिले चाहेमा निजले आफूसँग रहेको त्यस्तो नमूनाको भाँडो सहित मुद्दा हेर्ने अधिकारी समक्ष निवेदन गर्न सक्नेछ

() उपनियम () बमोजिम निवेदन परेपछि मुद्दा हेर्ने अधिकारीले पुन परीक्षण वा विश्लेषण गराउन मनासिब ठहराएमा त्यस्तो निवेदनसाथ प्राप्त भएको भाँडोलाई कुनै अन्य प्रयोगशालामा पठाउनेछ त्यसको सूचना कार्यालयलाई दिनेछ

() उपनियम () बमोजिम पठाइएको नमूनाको भाँडो प्राप्त भएपछि प्रयोगशालाले उपभोग्य वस्तुको नमूना परीक्षण वा विश्लेषण गरी त्यसको नतिजा अनुसूची बमोजिमको ढाँचामा मुद्दा हेर्ने अधिकारीकहाँ पठाउनेछ